वाणिज्य

९ महिनामा मुलुकमा १० खर्बभन्दा बढीको व्यापार घाटा

आर्थिक परिवेश

१० बैशाख, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल  १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले  १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा  ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र  एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको…

निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

०४ बैशाख, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्य बाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।”  उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको छ प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।…

नेपाल  टेलिकमको फाइवर टु द होम एफटिटिएच सेवा ७५ जिल्लामा पुग्याे  

आर्थिक परिवेश

०२ बैशाख, काठमाडौं I  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै स्थानीय तहमा उच्च गुणस्तरका दूरसञ्चार सेवा विस्तार गरिने बताउनुभएको छ । सिंहदरबार स्थित मन्त्रालयबाट आज भर्चुअल रुपमा डोल्पा जिल्लामा नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लाका सबै पालिकामा उच्च गुणस्तरको दूरसञ्चार सेवा उपलब्ध गराई क्रमशः वडा स्तरमा विस्तार गरिने बताउनुभयो । मन्त्री शर्माले निजी क्षेत्र जान नसक्ने जिल्लाहरूमा सरकारले सेवा दिनुपर्ने दायित्व भएकाले नाफा घाटा नहेरी जनताको सेवामा नेपाल टेलिकम लागि पर्नुपर्ने र सबै क्षेत्रले दायित्वबोधका साथ काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भौगोलिक…

जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने छ : अर्थमन्त्री

आर्थिक परिवेश

२५ चैत्र, काठमाडाैं ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी रूपमा  ल्याउने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आइतवार  काठमाडाैमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिनुभयो । यसबाट सबैको सुझाव समेटिएर कार्यान्वयन योग्य बजेट आउने उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुनेगरी बजेट आउने पनि उहाँले स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे

आर्थिक परिवेश

 २५ चैत्र, काठमाडौँ ।  नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…

वित्त

देशको आर्थिक विकास र समृद्धिमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

आर्थिक परिवेश

०६ बैशाख, काठमाडौँ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिमा लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो रेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो । “यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योग मन्त्री भण्डारीले…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे

आर्थिक परिवेश

 २५ चैत्र, काठमाडौँ ।  नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…

बीमा भुक्तानी व्यवस्था सरल सहज हुनुपर्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

२५ चैत,काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ,प्रधानमन्त्री…

सुनकाे मुुल्य ताेलामा एक हजार तीन सय रूपैयाले घट्याे

आर्थिक परिवेश

 २३ चैत्र, काठमाडौँ।  स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य शुक्रवार  प्रतितोला  एक हजार तीन सय रूपैयाले ओरालो लागेको छ । केही समय देखि लगातार बढने क्रममा रहेकाे सुनको मूल्यमा शुक्रवार भने घटेर काराेवार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन  छाप भएकाे सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयामा काराेवार भएकाे छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला  एक लाख ३३ हजार तीन सय ५० रूपैयामा कारोबार भएको तेजाबी सुन आजका…

८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि

आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति   १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ  । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर  कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा  ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई  १४ अर्ब १४ करोड डलर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा …

अर्थतन्त्र

कृषि

सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. छिचाेलिने अवस्थामा

आर्थिक परिवेश

०८बैशाख,काठमाडौं ।   राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको परियोजनाको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव…

नेपाली चिया निकासीमा भारतीय अवराेध

आर्थिक परिवेश

०८ बैशाख, झापा।    भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपाली चिया भारत लगेर दार्जलिड. तथा असाम चियाकाे नामबाट ठूलाे मात्रामा नेपाली चिया निकासी गर्दै आएका भारतीय व्यवसायीहरूले समय समयमा वा प्रतेक बर्ष यस्तै निहुँ निकालेर नेपाली चियामा अवराेध गर्दै आएका छन । नेपालमै चिया प्नशाेधन गरी ब्राण्डीड. गरेर चिया नबेची भारतीय  व्यापारिमा निर्भर हुँदा  भारतीय पक्षबाट बर्षेनी जस्ताे यस प्रकारकाे समस्या नेपालका चिया उद्यमीहरुले भाेग्दै आएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका…

गुन्द्रुकले सरकारी मान्यता स्वदेश तथा विदेशमा बिक्रीका लागि बाटो खुल्याे

आर्थिक परिवेश

मकवानपुर । हेटौँडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै  जिल्लाभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । करिब चार महिना लामो परिक्षण र…

राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, करिब १५ करोडको आलु बिक्री गर्ने लक्ष्य

आर्थिक परिवेश

२५ चैत्र, हेम्जा, पाेखरा । पोखरामा आइतबारदेखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । उक्त अवसरमा बिष्णुपादुका क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो । उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको दाबी गर्नुभयो । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक…

कृषिको विकासको लागि नीतिगत र बजेटगत रकम वृद्धि हुनु पर्छ सांसदहरू

आर्थिक परिवेश

१२ चैत्र, काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सोमवार मन्त्रालयमा सांसदहरुसंग छलफल गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट तर्जुृमा गरिरहेको सन्र्दभमा मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट तथा कार्यक्रमका वारेमा सांसदहरुसंग मन्त्रालयले छलफल गरेको हो । छलफलमा सांसदहरुले देशको अर्थतन्त्रको मुल आधार कृषि क्षेत्रको विकासका लागि सरकारले नयाँ नीति बनाउन आवश्यक भएको बताउनु भयो । उहाँहरुले कृषि क्षेत्रको विकासबाट मात्र मुलुकको आर्थिक विकास संभव भएकोले कृषिको रुपान्तरण गर्ने गरी आगामी बजेटको रकम बढाएर ५ प्रतिशतसम्म पु¥याउन सुझाव दिनु भयो । सांसदहरुले कृषि उत्पादनहरुको उचित बजारीकरण,सिचाइका…

पर्यटन

सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने गरी काम गर्छ : उद्योग मन्त्री

आर्थिक परिवेश

२३ चैत्र, काठमाडौं  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पुँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन…

पोखरा र गौतमबुद्ध विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको छ : प्रधानमन्त्री

आर्थिक परिवेश

२२ चैत्र काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहिवारकाे  बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाई मार्गका  लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको उल्लेख  गर्नुभयो । प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो । उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन…

पोखरालाई सुन्दर र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिन्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

०४ चैत्र ,कास्की, पाेखरा ।   नेपालकाे  प्रशिद्ध  पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा घाेषणा गरिएकाे  छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा आइतवार आयाेजित विशेष समाराेहका बीच घाेषणा  गर्नु भएकाे हाे । समाराेहमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनु भयाे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा…

पर्यटकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा

आर्थिक परिवेश

०४ चैत्र, पाेखरा ।   पर्यटनकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै पाेखराकाे मात्र नभै मुलुककाे समग्र पर्यटन उद्याेगमा  सकारात्मक  प्रभाव देखिएकाे छ ।  पर्यटनको राजधानी घोषणा सँगै आइतबारदेखि राति १ बजेसम्म अधिकांश व्यवसाय गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो । यस अघि पोखरामा १०ः०० बजे नै अधिकांश व्यवसाय बन्द गराउने गरेको प्रहरीले अब भने १ः०० बजेसम्म किराना देखि पानसम्मका पसल तथा व्यवसायलाई सञ्चालन गर्न दिने भएको हो । मनोरञ्जनका केही व्यवसायहरूलाई भने निश्चित मापदण्डका आधारमा रातै भरी अर्थात् २४ सै…

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार पार्न सरकार क्रियाशील : प्रधानमन्त्री

आर्थिक परिवेश

१८ फागुन, भरतपुर (चितवन) ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभयो । “१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।” दिगो…

भिडियो ग्यालरी

अर्थ कूटनीति

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ : अर्थमन्त्री पुन

आर्थिक परिवेश

६ वैशाख,वासिङटन ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको बताउनु भएकाे छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै त्यसताे धारणा राख्नु भएकाे हाे  । मन्त्री पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताउनु भयाे  । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत…

विश्व बैक, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षहरूसंग नेपालमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह

आर्थिक परिवेश

५ वैशाख , वासिड.टन डिसि ।   अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति  छुट्टाछुट्टै वार्ता गर्नु भएकाे छ  । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनु भयाे  । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको अर्थमन्त्रीले बताउनु भयाे । अर्थमन्त्रीले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भेटका क्रममा उहाँहरूलाइ आग्रह गर्नु भयाे  ।…

विप्रेषण आप्रवाह गत बर्षकाे तुलनामा ४.३ प्रतिशतले घट्याे

आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा नौ खर्ब ६१ अर्ब २२ करोड रूपैया बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार  सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार  विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ताे विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय…

नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित  गरी भर्चुअल बैठक

आर्थिक परिवेश

१८ चैत्र, काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले  विदेशस्थित ४० भन्दाबढी  नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित  गरी भर्चुअल बैठककाे माध्यमबाट छलपफल गर्नु भएकाे छ । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनु भयाे  । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, भन्दै मन्त्री पुनले , ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता…

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती

आर्थिक परिवेश

१४ चैत्र, काठमाडाैं  ।    गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट  कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ  । समझदारीमा  नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन…

लगानी

राष्ट्रसंघीय सहायक महासचिवसहित यूएनडीपीका ३५ देशका प्रतिनिधि नेपाल आउँदै

आर्थिक परिवेश

१० वैशाख,काठमाडौँ ।   संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाण्डौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिनु भएकाे हाे  । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौँमा बस्नेछ । यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलो पटक हो । यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैंककमा बस्ने गरेको थियो । बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि…

माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गरिने

आर्थिक परिवेश

१० वैशाख,काठमाडौं ।    नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ । अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत आयोजनाहरुको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै…

सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. छिचाेलिने अवस्थामा

आर्थिक परिवेश

०८बैशाख,काठमाडौं ।   राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको परियोजनाको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव…

अर्थमन्त्री स्वदेश फिर्ता, लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह

आर्थिक परिवेश

८ वैशाख,काठमाडौं ।  अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर शनिवार स्वदेश फर्किनु भएकाे  छ। अमेरिकी  भ्रमणकाे क्रममा  अर्थमन्त्री पुनले  विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागीता जनाउनु भएकाे थियाे । भ्रमणकाे क्रममा  अर्थमन्त्री पुनले  पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय…

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न सम्झौतामा हस्ताक्षर

आर्थिक परिवेश

७ वैशाख, काठमाडौं ।  नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले ग्रीन हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो । यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् । बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत्…

विश्व-परिवेश

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ : अर्थमन्त्री पुन

६ वैशाख,वासिङटन ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको बताउनु भएकाे छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै त्यसताे धारणा राख्नु भएकाे हाे  । मन्त्री पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताउनु भयाे  । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत…

विश्व बैक, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षहरूसंग नेपालमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह

५ वैशाख , वासिड.टन डिसि ।   अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति  छुट्टाछुट्टै वार्ता गर्नु भएकाे छ  । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनु भयाे  । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको अर्थमन्त्रीले बताउनु भयाे । अर्थमन्त्रीले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भेटका क्रममा उहाँहरूलाइ आग्रह गर्नु भयाे  ।…

no_image_default

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह

०२ बैशाख, काठमाडौं।  इजरायलमाथि इरानी हमला बढेपछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आइतार अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन पनि दुतावासले आग्रह गरेको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ । दुतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको दुतावासले उल्लेख गरेकाे छ  । इजरायलमाथि इरानी हमला सुरु…