काठमाण्डौ । नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याडकन गरी अर्थतन्त्रमा पु¥याएको योगदानको अध्ययन गर्न अन्तर्राष्ट्रिय वित्त निगमले सहयोग गर्ने भएको छ ।
निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानको वारेमा प्रकाश पार्दै त्यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले हातेमालो गर्ने सहमति गरेका छन् । समझदारीमा शनिवार उद्योग बाणिज्य महासंघमा आयोजित कार्यक्रमका बीच हस्ताक्षर भै आदान प्रदान भएको छ ।
यो सहकार्यबाट एक संयुक्त प्रतिवेदनको तयार हुनेछ । सो प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ ।
अध्ययन कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।
सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा छन्, र यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश छ ।
पूंजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति हुदै गएको छ । मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् । यति हुंदाहुंदै पनि, दक्षिण एशियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताउनु भयो । बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको अध्यक्ष गोल्छाले बताउनु भयो ।
प्रतिवेदनमा सरकारी तथ्याङ्कको प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पु¥याउन यो प्रतिवेदनले महत्वपूर्ण भूमिका खेल्ने विचार पनि अधयक्ष गोल्छाले व्यक्त गर्नु भयो ।
उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको जनाउदै आएको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेकोमा अन्तर्राष्ट्रिय वित्त निगमले जोड दिदै आएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्था बारे सघनरूपमा अनुसन्धान गरी तयार पारिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने बताउनु भयो ।
मा प्रकाशित