काठमाण्डौ । नेकपा एमालेले आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पु¥याउने दाबी गरेको छ ।
आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेले नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाउने र हालको करिब ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब पुर्याउने जनाएको छ ।
घोषणापत्रमा एमालले प्रारम्भमा सात प्रतशितको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक देशको समग्र आर्थिक वृद्धिदर दुई अङ्कमा पु¥याउने प्रतिवद्धता जनाएको छ ।
आगामी ५ वर्षमा निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ खण्ड सञ्चालनमा ल्याउने र निजगढ–बुटवल खण्डको निर्माण थाल्ने तथा रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
काठमाडौंमा मेट्रो रेल, सहरी केवलकार र पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने समेत एमालेको घोषणापत्रमा उल्लेख गरेको छ ।
मा प्रकाशित