काठमाण्डौ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सुधार ल्याउन कर तथा राजश्वका विषयलाई विशेष प्राथमिकता दिएर अघि बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।
नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर आन्तरिक राजश्व विभागसँग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले त्यतो सुझाव दिनु भएको हो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै सरकारको राजश्वमा समेत परेको बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने, समग्र माग बढाउने खालको नीति अलम्बलन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राजश्व सचिव रामेश्वर दंगालले राजश्व संकलनमा गिरावट आउँदा त्यसले वित्तिय चाप पारेको बताउनुभयो ।
अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै उहाँले राजश्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले निजी क्षेत्रलाई दोहोरो कर नपरोस् भन्नेमा सचेत रहेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले देशमा उद्योगहरु फस्ट्याउने वातावरण बनाउन नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो ।
मा प्रकाशित