काठमाडौँ । यही कार्तिक २६ देखि मङ्सिर १३ गतेसम्म काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा छाला जुताजन्य वस्तुहरूको व्यापार मेला आयोजना हुने भएको छ ।
नेपाल जुत्ता उत्पादक सङ्घको आयोजनामा स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित व्यापार मेलामा नेपालका चर्चित जुत्ता उत्पादक ३० वटा कम्पनीहरूका ६० वटा भन्दा बढी स्टलहरूमा छाला जुत्ताजन्य उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिने छ ।
सङ्घमा आबद्ध नेपालका चर्चित ब्रान्डहरूको सहभागिता हुने सो मेलामा उपभोक्ताहरूले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरू प्राप्त गर्न सक्ने आयेजकहरुले बताउनुभएको छ ।
वर्षमा २ पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्ने सङ्घको नीति अनुसार यो वर्षको पहिलो मेला काठमाडौँमा गर्न लागिएको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धन र विकास गर्दै जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत मेलाको आयोजना गरेकोले अभियानमा सहयात्री बनेर आगामी दिनमा स्वदेशी उत्पादनको प्रवर्द्धन, विकास र विस्तारमा नेपाली उपभोक्ताहरूको साथ र सहयोग रहने विश्वास आयोजक नेपाल जुत्ता उत्पादक सङ्घले गरेको छ ।
मा प्रकाशित