बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी स्थानान्तरण
आर्थिक परिवेश२५ असाेज, काठमाण्डाै । बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयाे । हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना परिचालन भएका छन्। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-३ न्याक्चेतबाट सिर्दीवास जोड्ने…
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैमा सुरु
आर्थिक परिवेश१८ असाेज काठमाडौँ । देशकाे पुरानाे मध्यकाे एक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट काठमाण्डाैमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित उद्घाटन सत्र सुरु भएकाे हाे । महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोली र पर्सि मङ्गलवार हुने र निर्वाचन कार्यक्रमका लागि २१ र २२ तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा अहिलेसम्म नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु कार्यक्रममा सहभागि हुनु भएकाे छ । आजदेखि सुरु भएको…
मन्त्रिपरिषद् बैठक : निजामती विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति
आर्थिक परिवेश१३ असोज, काठमाडौँ । सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले पशु, वधशाला र मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमलव ७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । यसैगरी आजको मन्त्रिपरिषद् बैठकले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केश्वर पतलैया सडकखण्ड,…
पर्वतमा बाढीका कारण ६६ घर बगे सेतीवेणी बजार र शिला पनि डुवानमा
आर्थिक परिवेश११ असाेज,पर्वत । गए रातिदेखिको अविरल वर्षापछि पर्वत जिल्लामा हालसम्म ६६ घर पूर्ण रुपमा बगाएको र थप २३ घर उच्च जोखिममा छन् । बेलैमा स्थानीयलाई सुरक्षित स्थलतर्फ लगिएकोले मानवीय क्षति भने भएन । जलजला गाउँपालिका- ८, फर्सेस्थित कालीगण्डकी नदीले ६६ घर पूर्ण रूपमा बगाएको हो । अन्य २३ वटा घर उच्च जोखिममा छन् । सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सारिँदैछ । कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका तटीय क्षेत्रहरूमा ठूलो भौतिक क्षति भएको छ। बाढीले जलजला गाउँपालिका–८, फर्सेका करिब २५ वटा घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ८० घरधुरी रहेको…
आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
आर्थिक परिवेश०८असाेज, काठमाडौँ । आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो । महाशाखाका बाढीविद् सौहार्द जोशीले कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ । पूर्वानुमान अनुसार कोशीका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आगामी पाँच…