प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री,लिपुलेक र लिम्पियाधुरा सीमा समस्या वार्ताबाट समाधान
आर्थिक परिवेश१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पहलाे पटक संसदकाे बैठकमा बाेल्नु भएकाे छ । बैठकमा प्रधानमन्त्री बालेनले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्नेगरी काम भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू सँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद पद्यमा अर्यालले सोध्नुभएको लिपुलेक सम्बन्धी प्रश्नमा प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो । यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले…
सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार, घरमै लाइसेन्स र पासर्पाेट
आर्थिक परिवेश११ जेठ, काठमाडौँ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो । विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ । “तल्लो तहसम्मै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेका छौँ । नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ”, उहाँले…
प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित : सरकारका प्रवक्ता
आर्थिक परिवेश११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित रहेको बताउनु भएकाे छ । मन्त्रीपरिषदका निर्णयहरु सार्वजिनक गर्न मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पार्नु भयाे । प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न भन्नु भयाे । हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी…
खानीजन्य पदार्थबाट प्राप्त हुने रोयल्टी तत्काल असुल्न सरकारलाई निर्देशन
आर्थिक परिवेश१० जेठ काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ खानी तथा भूगर्भ…
विपक्षीदलकाे विराेधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ बहुमतले पारित
आर्थिक परिवेश०७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको तीन वटा विधेयकहरू स्वीकृत गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३, मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ बैठकको बहुमतले स्वीकृत गरेको हो । विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरुले…