विदेशी मुद्राको विनिमयदरमा घटबढ कुन कती कायम भयाे
आर्थिक परिवेश

३ साउन,काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ . ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३४ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, क्यानेडियन…

अर्थमन्त्री वाग्ले र एडिवि अध्यक्ष बीच भेट वार्ता
आर्थिक परिवेश

२२ असार, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैङ्क (एडिबी) का अध्यक्ष मासातो कान्डाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोगलगायतका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो । अर्थमन्त्री डा वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि बैङ्कको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न दोब्बर बढी आर्थिक जरिवाना
आर्थिक परिवेश

१३ असार, सिड्नी अष्ट्रेलिया  ।   अष्ट्रेलिया सरकारले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोर किशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले शनिबार त्यसताे विषयमा  जानकारी दिएको हो। नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍याउने छ । अनलाइन नियामक निकाय इ–सेफ्टीलाई प्लेटफर्महरूलाई नियमन गर्न  थप सशक्त बनाउनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र नियामकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबको सम्भावित गैर–अनुपालनको ‘सक्रिय अनुसन्धान’ गरिरहेको जनाएको छ। यसैसम्बन्धमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले भन्नुभयो, “ठूला प्रविधि कम्पनीहरूले कानुन…

जर्मनीले नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको सहयाेग गर्ने
आर्थिक परिवेश

०३ असार, काठमाडौँ।   सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गर्नुभएको थियो । जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय…

परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणमा
आर्थिक परिवेश

 ३१ जेठ,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया…