मङ्सिर दोस्रो साताबाट प्रधानमन्त्रीकाे भारतबाट हुने : परराष्ट्रमन्त्री खनाल
आर्थिक परिवेश३१ असाेज , काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अाैपचािरक विदेश भ्रमण आगामी मङ्सिर दोस्रो साता भारतबाट शुरू हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गर्नुभयो । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भए अनुसार हुने तर मिति भने निर्धारणा नभै सकेकाे बताउनु भयाे । मन्त्री खनालले भन्नुभयो, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छ्रैनौँ ।” वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उहाँले प्रधानमन्त्रीको आगामी भ्रमण…
पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई आग्रह
आर्थिक परिवेश२९ असाेज, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो । त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता…
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान
आर्थिक परिवेश२७ असाेज काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्छ । बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, द्विपक्षीय…
अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङ लगायतका अधिकांश विदेशी मुद्राको मूल्य घट्याे
आर्थिक परिवेश२७ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङ लगायतका अधिकांश विदेशी मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा घटेको (ओरालो लागेको) छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । त्ययतै युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा रहेकाे छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा रहेकाे छ…
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई स्वदेश फिर्ता
आर्थिक परिवेश१० असाेज, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री शाह आज अपराह्न ४ः०० बजे अमेरिकाबाट स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री शाहले अमेरिकामा रहँदा असोज ८ गते बिहीबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस तथा विभिन्न देशका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मङ्गलवार अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नुभएको थियो । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली…