०१ असाेज, काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट रकम खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रूपैया खर्च गरेकाे छ । याे खर्च वार्षिक लक्ष्यको ९. ४१ प्रतिशत बराबर हुन्छ । कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा चार…
३० भदाै, काठमाडौँ । भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण मार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइने भएकाे हाे । भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ ।…
२८ भदाै, मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमा एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख…
०७ भदाै, झापा । नेपालकाे पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैया भन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी र २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट २४ करोड २३ लाख १३ हजारको चामल र कोदो १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजारको एक…
०६ भदौ, काठमाण्डौ । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढेको छ । गत बर्षको साउनको तुलनामा यस बर्षको साउनमा दोब्बरभन्दा बढी मूल्यको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको साउन महिनामा ८ अर्ब ४६ करोड ९२ लाख २८ हजार रूपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ । २०८२ सालको साउन महिनामा भने ४ अर्ब ६६ करोड ६४ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ४३ लाख १८ हजार ८९३ किलोग्राम खाना पकाउने एलपीजी ग्यास आयात भएको थियो ।…
१३ असोज, काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ । कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताउनु भयो । बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७…
०९ असाेज, काठमाडौँ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । यूटीएसले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त सहयोग गरेको जनाएको छ । विपद्का बेला नेपालसँगै उभिने प्रतिबद्धतासहित सहयोग गरिएको कम्पनीले जनाएको छ । यूटीएसले विपद्पछिको उद्धार तथा पुनःस्थापनामा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संस्थाहरू, स्वयंसेवक तथा समुदायप्रति आभारसमेत व्यक्त गरेको छ । कम्पनीले विपद्को समयमा आवश्यक सहयोग गर्दै थप बलियो र विपद् प्रतिरोधी भविष्य निर्माणमा नेपालसँग सहकार्य गर्ने जनाएको छ ।
१९ भदाै काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ…
१८ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई बैङ्किङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकीन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो । प्राकृतिक विपद्का कारण बैङ्किङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सूचनामा बैङ्क…
०९ भदाै,काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको…
१० असाेज, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री शाह आज अपराह्न ४ः०० बजे अमेरिकाबाट स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री शाहले अमेरिकामा रहँदा असोज ८ गते बिहीबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस तथा विभिन्न देशका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मङ्गलवार अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नुभएको थियो । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली…
०९ असाेज, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित संकटको सबैभन्दा ठूलो असर कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोगिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् स्थानीय त्रासदीमा मात्र सीमित नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो। जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने उल्लेख गर्दै उहाँले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने बताउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव एक प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनुभयो। जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको शब्दमा मात्र सीमित हुन…
०६ असाेज काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। मगलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हाे । उहाँलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ। प्रधानमन्त्री शाह दाेहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ। सोही दिन प्रधानमन्त्री शाह सयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नु हुनेछ।…
२८ भदौ, नयाँ दिल्ली,भारत । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबिच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो । मोदीका अनुसार ब्रिक्स राष्ट्रले विश्वको करिब ५० प्रतिशत जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २५ प्रतिशतभन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन् ।…
२६ भदाै काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्नु हुने भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने महासभाको ‘जनरल डिबेट’ अन्तर्गत २४ सेप्टेम्बर २०२६ मा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी गराउनु भयो । महासभामा हालसम्म विश्वका ८१ मुलुकका राष्ट्रप्रमुख र ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको परराष्ट्र सचिव राईले बताउनु भयो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले यस पटकको महासभामा राजनीतिक परिवर्तन, पछिल्लो समय मुलुकले भोगेको प्राकृतिक विपद्…
१७ असोज, काठमाण्डौ । नेपालमा यही असोज १९ देखि २५ गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ । धितोपत्र बजारका नियामकहरुको अन्तराष्ट्रिय संस्था आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्र्तगत देशका विभिन्न भागमा लगानीकर्ताहरुका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्र्दभमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरुका लागि १० वँुदे सुझाव प्रकाशित गरेको छ । बार्डले सुझाव प्रकाशित गर्दै आफनो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमताको सुक्ष्म विश्लेषण गर्न भनेको छ । बोर्डले अध्ययन गरेरमात्र लगानी गर्न,पहिले आफनो आपतकालीन बचत…
१७ असोज, काठमाण्डौ । गत हप्ताको बाढीपहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बाढीबाट २६६ मेगावाट क्षमताका ३ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका ८वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ । बाढीका कारण ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ । निर्माणाधीन आयोजनाको बाँध,सुरुङ,आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेभीले जानकारी दिएको छ । १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको त्यस आयोजनामा नविल बैङ्क लिमिटेडको नेतृत्वमा छ वटा…
१४ असाेज, काठमाडौँ । उपत्यकाका तीन जिल्लामा दैनिक दुई घण्टा इन्डक्सन चुलोमा खाना पकाउदा तीन हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । उपत्यकावासीले इन्डक्सन चुलोमा खाना पकाउँदा उक्त विद्युत् खपत हुने तथ्याड.क सार्वजिनक गरिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक नारायण अधिकारीले काठमाडौँमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सो धारणा राख्नुभएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा आयोजित छलफलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका गतिविधि प्रकाश पार्दै उहाँले आगामी तीन वर्षमा तराईका १५० स्थानीय तहका १० लाख घरधुरीमा स्वच्छ चुलो पुरयाउने लक्ष्य रहेको जानकारी दिनुभयो । हरित जलवायु कोष (जिसिएफ)को…
९ असोज,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकांक्षाको सीमाका रूपमा लिन नहुने बताउनुभयो । नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताउनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। “नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,”मन्त्री खनालले भन्नुभयो, “हाम्रा छिमेकीको…
७ असोज, रूपन्देही । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो । सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एकदुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछाँै । उहाँले मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं…
१७ असाेज काठमाण्डाै । लण्डनमा रहेका नेपाली फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेकाे ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको लामिछानेले जानकारी दिनुभयाे । बिहिबार लण्डनमा रहेकाे नेपाली दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गर्नु भयाे । रकम हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाले बाढी पीडितलाई सहयोग गरेकामा व्यवसायी लामिछानेप्रति…
०४ असोज, जुरिच, स्वीटजरल्याण्ड । नेपाली प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ताहरुकाे नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘स्वीट्जरल्यान्डको ज्युरिचमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी,प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो…
०३ असाेज, काठमाण्डाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू) गरेको छ। ‘यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत गर्नेछ’, शेष घलेले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएकाे छ । भोटेकोसी बाढीको पानी घट्दैमा समस्याको अन्त्य नहुने…
१० भदाै, काठमाडौँ । सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–७ तुप्चेस्थित पुस्तकालय (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली ढुङ्गे क्षेत्र र विदुर–४ सिमचौरका लागि बालमन्दिरमा (१०० जनाको क्षमता), विदुर–५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयमा (३०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ । साथै विदुर–१० बेत्रावती भैँसे क्षेत्रस्थित सुन्दरी क्यौरिनी मावि (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली बजार क्षेत्रको कोलनी कवर्डहल (३०० जनाको क्षमता), विदुर–३ देवीघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी…
३० साउन काठमाण्डाै । गैर आवासीय नेपाली संघ (NRNA) को ११औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलन शनिवारबाट चीनको ग्वान्झाओमा सुरु भएको छ। ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुनेछन्। सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (NCC) को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा…