३० असोज, काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वढेर ७६ अर्ब ५९ करोड बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैकको विहिवार प्रकाशित मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ…
३० असाेज मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३/०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिनुभयो । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ । लक्ष्य पूरा हुुन ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व…
२९ असाेज, मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरला नाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएका छन् । कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी सडक अवराेधका कारण गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालनमा अाए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उ क्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला…
२३ असाेज, विराटनगर । नेपालीहरूको ठुलो चाड दशैलाई लक्षित गदै विराट ब्यापार सङ्घको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । असोज ३० गतेसम्म सञ्चालन हुने सो मेलामा नेपाल भारतका गरि खाद्यान्न, लत्ताकपडा लगायत विभिन्न सामाग्रीका तीन दर्जन बढी स्टलहरू रहेका छन् । सवा लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने तथा मेलामा एक अर्ब बढीको प्रत्यक्ष रुपमा कारोबार हुने अनुमान गरिएको छ । सो अवसरमा बोल्नुहुँदै सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।…
०१ असाेज, काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट रकम खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रूपैया खर्च गरेकाे छ । याे खर्च वार्षिक लक्ष्यको ९. ४१ प्रतिशत बराबर हुन्छ । कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा चार…
१० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो । आज युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो । आज पाउन्ड स्टर्लिङ एकको…
०८ कार्तिक,काठमाण्डौ । नेपाली बजारमा आइतवार सुन र चाँदीको मूल्य उच्च रकमले घटेको छ । यस दिनसुन प्रतितोला ११ हजार ७०० रुपैयाले र चाँदी प्रतितोला २३० रपैयाले घटेर कारोवार भएको छ । आइतबार छाप भएको सुन प्रतितोला दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको चाँदी तीन हजार ९५५ कायम भै किनबेच भएको छ । गत कात्तिक २ गते छाप भएको सुन प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार १८५ रुपैयामा कारोवार भएको थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन भने कारोवार खुलेको पहिलो दिनमा…
०१ कार्तिक,काठमाण्डौ । नेपालका वाणिज्य बैंकहरूले चालु कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन । बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) कायम रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटेर निर्धारण भएको छ । कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशत विन्दुबाट ०.०७६५ प्रतिशत विन्दुले घटेर ४.०१३ प्रतिशत विन्दुमा झरेको छ । त्यसैगरी,संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशत विन्दुबाट ०.०६३५ प्रतिशत विन्दुले घटेर ३.००३ प्रतिशत विन्दुमा कायम भएको छ । कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा…
२२ असाेज, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो । विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य शाहीले बताउनुभयो । उहाँका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।…
१३ असोज, काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ । कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताउनु भयो । बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७…
०८ कार्तिक, काठमाण्डौ । नेपाली राजदूतावास, दोहाले “विप्रेषण, हुन्डी र वित्तीय समावेशीकरण” विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सहकार्य र उपस्थितिमा भएको छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले विषय केन्द्रित प्रस्तुति दिनु भएकाे थियाे । प्रस्तुति दिनु हुँदै उहाँले वैदेशिक रोजगारी र विप्रेषणलाई नेपालको अर्थतन्त्रसँग जोड्दै, रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाहरूका वारेमा जानकारी गराउनु भएको थियो । प्रस्तुति पश्चात् भएको खुला छलफलका क्रममा सहभागीहरूले हुन्डीको रोकथामका उपाय तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा भोग्नुपरेका समस्या र झन्झटबारे अनुभव सुनाउदै विप्रेषण पठाउँदा…
५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो । बाढीका कारण १ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् । करिब १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै सर्वसाधारण प्रत्यक्ष…
३१ असाेज , काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अाैपचािरक विदेश भ्रमण आगामी मङ्सिर दोस्रो साता भारतबाट शुरू हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गर्नुभयो । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भए अनुसार हुने तर मिति भने निर्धारणा नभै सकेकाे बताउनु भयाे । मन्त्री खनालले भन्नुभयो, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छ्रैनौँ ।” वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उहाँले प्रधानमन्त्रीको आगामी भ्रमण…
२९ असाेज, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो । त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता…
२७ असाेज काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्छ । बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, द्विपक्षीय…
०९ कार्तिक, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रमलाई तीव्र बनाएका छन । सूचीकृत कम्पनीहरूमध्ये केही वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था,जलविद्युत्,उत्पादनमूलक तथा सामूहिक लगानी कोषहरू सहित ६२ कम्पनीहरुले प्रतिफल घोषणा गरिसकेका छन । त्यस मध्ये उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले सबै भन्दा धेरै ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । वाणिज्य बैंकहरू तर्फबाट सिद्धार्थ बैंक र नबिल बैंकले उच्च प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नबिल बैंकले…
०४ कार्तिक कुश्मा, पर्वत । बेनी–जोमसोम–कोरला सडकमा पछिल्लो मनसुनजन्य विपद्बाट करिब एक अर्ब बराबरका भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुुरयाएको बताउनुभयो । ८० देखि ९० करोड बराबरकाे क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब…
२९ असाेज, काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो । यससँगै स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ । भूमि बैङ्कमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ । त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको…
२४ असाेज काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज २३ गते जारी गरेको पत्रमार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री…
२३ असोज,काठमाडौँ । लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले १० अर्ब ७५ करोड चार लाख ९७ हजार लागतको नारखोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८ दशमलव नौ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार लागतको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६ दशमलव ७२ मेगावाट)को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार बैठकले अरुण-३ जलविद्युत् परियोजना (९०० मेगावाट) ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट) सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण…
०९ कार्तिक, काठमाण्डौ । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप एक करोडको चेकसमेत हस्तान्तरण गर्नुभयो । आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराउनु भएको हो । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण…
८ कात्तिक, सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै नेपालको पर्यटन अन्तर्राष्ट्रिय समुदाय माझ चिनाउने उद्देश्यले आगामी नोभेम्बर ७ मा नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ। यस वर्षको महोत्सवले नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य परिषद्ले आयोजना गर्न लागेको यो महोत्सव सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुनेछ। एनआरएनए न्यु साउथ वेल्स राज्य परिषद्की संयोजक उषा बरिया पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै यस वर्षको फेस्टिभल पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको बताउनु भयाे । महोत्सवलाई नेपाली संस्कृति प्रदर्शन गर्ने कार्यक्रमका रूपमा…
२१ असाेज, काठमाण्डाै । आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल १६५ देशमध्ये नेपाल ९०औँ स्थानमा पुगेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा थियो। यस वर्ष नेपालले १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक ६.५८ थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो। समृद्धि फाउण्डेशनले नेपालमा १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार उच्च आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु…
१७ असाेज काठमाण्डाै । लण्डनमा रहेका नेपाली फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेकाे ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको लामिछानेले जानकारी दिनुभयाे । बिहिबार लण्डनमा रहेकाे नेपाली दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गर्नु भयाे । रकम हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाले बाढी पीडितलाई सहयोग गरेकामा व्यवसायी लामिछानेप्रति…
०४ असोज, जुरिच, स्वीटजरल्याण्ड । नेपाली प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ताहरुकाे नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘स्वीट्जरल्यान्डको ज्युरिचमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी,प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो…