
अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मार्दै
आर्थिक परिवेश२० जेठ, पाेखरा । पचहत्तर वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को तथ्याङ्कअनुसार गत आवमा उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएकामा यो वर्ष थप बढ्ने देखिएको छ । आयोजना प्रमुख डा रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्योभन्दा…

दशहरा गोसाँइ कुण्ड स्नान गर्न हजारौं पुगे (फोटो फिचर)
आर्थिक परिवेश१८जेठ,धुञ्चे,रसुवा । नेपालको रसुवा जिल्लास्थित लाडटाड.राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित प्रशिद्ध गोसाँइ कुण्डमा यतीेबेला दशहरा गोसाँइ कुण्ड स्नान तथा मेला लागेको छ । ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित प्रशिद्ध धार्मिक स्थल गोसाँइ कुण्डमा मेला भर्न तथा स्नान गर्न स्वदेश तथा विदेशका दर्शनार्थी दैनिकरुपमा करिव १ हजारको संख्यामा त्यहाँ पुग्ने गरेका छन् । गोसाँइ कुण्डमा दशहरा गोसाँइ कुण्ड स्नानको बेला तथा जनै पूर्णीमामा यस प्रकारको मेला तथा स्नान गर्न स्वदेशी तिर्थयात्रीहरु बढी पुग्ने गर्दछन् । अन्य सिजनमा विदेशी पर्यटकहरुको भ्रमण पनि हुने गर्दछ । जाडो समयमा त्यस क्षेत्रमा हिउ पर्ने हुनाले भ्रमणमा जानेहरुको संख्या अत्यन्तै न्युन स्ांख्यामा हुने गरेको…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतकाे उत्तराखण्डमा
आर्थिक परिवेश२० बैशाख, कञ्चनपुर, सुदूरपश्चिम । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो । पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक…

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरियाे
आर्थिक परिवेश२० बैशाख, काठमाडौँ । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो । अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वको प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) कार्यक्रम गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो । मेलामा बोर्डले ब्रोशर, यात्रा गाइड…

अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपालमा
आर्थिक परिवेश२० वैशाख, काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव…