पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउन दुबै पक्षबीच छलफल
आर्थिक परिवेश२२ पाेखरा , गण्डकी। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताउनुभयो । पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताउनुभयो । सो अवसरमा पोखरा उद्योग वाणिज्य…
कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान
आर्थिक परिवेश१८ असार, काठमाडौं । आन्तरिक पर्यटन सर्वेक्षणले देशको अर्थतन्त्रमा आन्तरिक पर्यटनको बलियो उपस्थिति देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँग तुलना गर्दा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान पुर्याएको देखिएको हो । देशभरका ४४४ गणना क्षेत्रका कुल ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट यो सर्वेक्षण गरिएको हो । उक्त सर्वेक्षण अनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवार सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागी भई ‘पर्यटक घरपरिवार’ का…
११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगे
आर्थिक परिवेश०६ असार, मुस्ताड.। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलख राख्ने गरेको छ । एघार महिनामा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका…
सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर
आर्थिक परिवेश२९ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ। छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नभई छानेर नियुक्ति दिएको पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे । सरकारले गत वैशाख ३१ गते पाँच जना सदस्य नियुक्त गरेको थियो। कार्कीको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले डा दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय मन्त्रीस्तरबाट गर्नु भएकाे थियाे ।…
म्यारियट इन्टरनेशनलले सीजी हस्पिटालिटीसग दुई नयाँ होटल सञ्चालन सम्झौता
आर्थिक परिवेश२४ जेठ, काठमाण्डौ । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटलहरु द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन । द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ ।