२ महिनामा व्यापार घाटा २६ प्रतिशतले बढेर ३२४ अर्ब ९३ करोड
आर्थिक परिवेश

३० असोज, काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वढेर ७६ अर्ब ५९ करोड बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैकको विहिवार प्रकाशित मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ…

काेराेला नाकाबाट १९ अर्ब ४० करोड ६७ लाखकाे आयात हुँदा निर्यात भने ३७ काे मात्र
आर्थिक परिवेश

३० असाेज मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा  आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३/०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिनुभयो । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ ।  कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ । लक्ष्य पूरा हुुन  ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व…

दुई सातामा कोरला नाकाबाट २५०० बढी विद्युतीय सवारी नेपाल भित्रिए
आर्थिक परिवेश

२९ असाेज,  मुस्ताङ ।   यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरला नाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएका छन् । कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी सडक अवराेधका कारण गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालनमा अाए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उ क्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला…

दशै तिहार लक्षित विराट ट्रेड फेयर शुरु
आर्थिक परिवेश

२३ असाेज, विराटनगर ।    नेपालीहरूको ठुलो चाड दशैलाई लक्षित गदै विराट ब्यापार सङ्घको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । असोज ३० गतेसम्म सञ्चालन हुने सो मेलामा नेपाल भारतका गरि खाद्यान्न, लत्ताकपडा लगायत विभिन्न सामाग्रीका तीन दर्जन बढी स्टलहरू रहेका छन् । सवा लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने तथा मेलामा एक अर्ब  बढीको प्रत्यक्ष रुपमा कारोबार हुने अनुमान गरिएको छ । सो अवसरमा बोल्नुहुँदै सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।…

२ महिनामा वार्षिक लक्ष्यको १२.२९ प्रतिशत राजस्व
आर्थिक परिवेश

०१ असाेज, काठमाडौँ  । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट रकम खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको  १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रूपैया खर्च गरेकाे  छ । याे खर्च  वार्षिक लक्ष्यको ९. ४१ प्रतिशत बराबर हुन्छ । कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा  १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा चार…