पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
आर्थिक परिवेश१८ फागुन, काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो । नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र सोको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेशनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने…
लडाइँपछि संसारभर कच्चा तेलको मूल्य वृद्धि
आर्थिक परिवेश१८ फागुन, काठमाडौं । अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि सूचिकृत भएको छ । यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ । बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य लगभग नौ प्रतशित बढेर ७९.३० डलर प्रति ब्यारेल आसपास थियो । यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिका साथ ७२.७० डलर प्रति ब्यारेलको आसपास रह्यो । ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल तेलका दुई प्रमुख प्रकारका कच्चा (क्रुड) तेल हुन् ।…
सार्वजनिक बिदाका दिनमा पनि इन्धन डिपाे खुला रहने
आर्थिक परिवेश१७ फागुन, काठमाण्डौ । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ । सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको निगमले जनाएको छ । विशेष व्यवस्था अन्र्तगत निगमले फागुनको १८,,२० ,२२ २३ र २४ गते सार्वजनिक विदाको दिन प्रादेशिक कार्यालयहरु खुल्ला राखेर इन्धन भर्ने व्यव्स्था गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयो । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२…
७ महिनामा करिव १२ खर्ब ९२ अर्ब वैदेशिक व्यापार
आर्थिक परिवेश०९ फागुन काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ । भारतसँग बितेका सात महिनामा छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले चार खर्ब ९१ अर्ब ७७ करोड…
टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक
आर्थिक परिवेश२५ माघ, काठमाडौं । माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ । साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपे बाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु २५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ । यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको…