सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
आर्थिक परिवेश

१८ फागुन, काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने…

सुनचाँदीको मूल्य उच्च रकमले बढ्याे
आर्थिक परिवेश

१७ फागुन, काठमाण्डौ ।   नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतवार सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोलामा दुई सय ४५ रुपैयाले बढेको छ । सुनको मुल्य बढेसंगै आइतवार सुन प्रतितोला ३ लाख २० हजार ५०० कायम भइ कारोवार भएको नेपाल सन चाँदी व्यवसायी महासंले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० मा रुपैयामा कारोबार भएको थियो । यसैगरी,आइतवार चाँदीको मूल्य प्रतितोला पाँच हजार ९८५ कायम भएको छ ।  

१५ फागुन शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आर्थिक परिवेश

१५ फागुन, काठमाडौं ।    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । यस दिनका लागि अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र…

सुनको मूल्य ३२ सय बढेर तीन लाख १३ हजार रुपैयाँ
आर्थिक परिवेश

११ फागुन,काठमाण्डौ ।    नेपाली बजारमा सोमवार पनि सुनचाँदीकै मूल्य बढेको छ । आइतबार उच्च दरमा बढेको सुनचाँदीको मूल्य सोमवार पनि बढेको हो । आइतवार तोलामा ५६ सय रुपैयाँ बढेको सुनको मूल्य सोमवार ३२ सय बढेर तीन लाख १३ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार सुनको भाउ तोलाको तीन लाख १० हजार तीनसय रुपैयाँ थियो । गएको बिहीबार पनि सुनको भाउ तोलामा ४३ सयले बढेको थियो । गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो । गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको…

सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सयले बढ्याे
आर्थिक परिवेश

७ फागुन, काठमाडौं ।    नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि तोकेको मूल्यसूची अनुसार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको ३ लाख ४ सय रुपैयाँ थियो । मंगलबार ३ लाख १ हजार ९ सय, सोमबार ३ लाख २ हजार ८ सय र आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो । त्यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी तोलामा १ सय ८० रुपैयाँ बढेको छ । बिहीबार चाँदी…