वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरे
आर्थिक परिवेश०१ कार्तिक,काठमाण्डौ । नेपालका वाणिज्य बैंकहरूले चालु कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन । बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) कायम रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटेर निर्धारण भएको छ । कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशत विन्दुबाट ०.०७६५ प्रतिशत विन्दुले घटेर ४.०१३ प्रतिशत विन्दुमा झरेको छ । त्यसैगरी,संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशत विन्दुबाट ०.०६३५ प्रतिशत विन्दुले घटेर ३.००३ प्रतिशत विन्दुमा कायम भएको छ । कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा…
बिजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय
आर्थिक परिवेश२२ असाेज, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो । विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य शाहीले बताउनुभयो । उहाँका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।…
भोटेकोशी र त्रिशूली बाढीकाे कारण बीमा कम्पनीहरूमा २१ अर्ब रुपैयाँको प्रारम्भिक दाबी
आर्थिक परिवेश१३ असोज, काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ । कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताउनु भयो । बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७…
दैवी प्रकोप उद्धार कोषमा युनाइटेड ट्रेडर्स सिन्डिकेटकाे ३ करोड सहयोग
आर्थिक परिवेश०९ असाेज, काठमाडौँ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । यूटीएसले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त सहयोग गरेको जनाएको छ । विपद्का बेला नेपालसँगै उभिने प्रतिबद्धतासहित सहयोग गरिएको कम्पनीले जनाएको छ । यूटीएसले विपद्पछिको उद्धार तथा पुनःस्थापनामा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संस्थाहरू, स्वयंसेवक तथा समुदायप्रति आभारसमेत व्यक्त गरेको छ । कम्पनीले विपद्को समयमा आवश्यक सहयोग गर्दै थप बलियो र विपद् प्रतिरोधी भविष्य निर्माणमा नेपालसँग सहकार्य गर्ने जनाएको छ ।
अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारकाे भाउ घट्याे
आर्थिक परिवेश१९ भदाै काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ…