चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ उद्योगमन्त्री
आर्थिक परिवेश१३ जेठ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरण तर्फ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा आजको बैठकमा जवाफ दिनुहुँदै उहाँले वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको बताउनुभयो । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चिया निर्यातको सहजीकरणका लागि मन्त्रालयबाट गत चैत ३० गते नै पत्राचार गरिएको छ । यससम्बन्धी समस्या र समाधानका लागि भइरहेको…
सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य ताेक्याे
आर्थिक परिवेश११ जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको ३ हजार ६ सय ६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले नेपाल चिन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चिन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ…
चिया निर्यातमा भारतीय पक्षले गरेको अवरोध तत्कालका लागि हट्याे
आर्थिक परिवेश६ जेठ, झापा । नेपाली चिया निर्यातमा भारतीय पक्षले खडा गरेको नीतिगत अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले गत मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड ओपरेटिङ प्रोसिड्युर’ (एसओपी) मा मंगलबार संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः पूर्ववत् रूपमा सुचारु हुने भएको हो। भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णयअनुसार जारी गरिएको यस नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत् रूपमै सञ्चालन हुने बाटो खुलेको हो । भारतीय वाणिज्य मन्त्रालयको प्रत्यक्ष निर्देशनमा टी बोर्डले जारी गरेको नयाँ सूचनाअनुसार भारतमा घरेलु बिक्रीका…
फलफूलबालीको रोग किरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’
आर्थिक परिवेश५ जेठ, म्याग्दी। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ । स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नामकरण गरेको छ । परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगँैचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो । “गत वर्ष कार्यालयको बगँैचामा प्रयोग गरिएको जैविक झोलले स्याउमा ढुसी र ‘ब्याक्टेरिया’जन्य रोग नियन्त्रणमा सफल भएपछि यसपालि किसानका बगँचामै प्रयोग भएको छ”, उहाँले भन्नुभयो, । “स्वस्थकर, वातावरणमैत्री, विषादी किन्दा हुने…
सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु
आर्थिक परिवेश०४ जेठ, काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ । ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रकम फिर्ता गर्नुपर्ने…