नेप्से परिसूचक १३. ‍१७ अङ्कले घटेर दुई हजार ८२५ मा
आर्थिक परिवेश

०७बैशाख  काठमाडौँ ।   याे साताकाे कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । साेमवार नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो । साेमवार तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेले कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ । जसअनुसार साेमवार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक…

सर्किट ब्रेक २ पटक काराेवार समय बाहिर पनि किनबेच आवेदन हुने
आर्थिक परिवेश

 ०५ बैशाख ,काठमाडौं ।    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारका लागि नयाँ व्यवस्था ल्याएको छ । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’लाई संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गरेको हो । यो विनियमावली आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयन हुनेछ । संशोधित विनियमावली अनुसार अब नेप्सेमा सूचीकृत कम्पनीहरूको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमा (प्राइस लिमिट) १५ प्रतिशतसम्म  पुर्‍याइएको छ । हाल यस्तो व्यवस्था १० प्रतिशत थियो । नयाँ व्यवस्था अनुसार अब कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म…

बुधबार नेपाली शेयर बजारमा  ३३.२७ अंकले बढेर काराेवार
आर्थिक परिवेश

२ वैशाख, काठमाडौं ।    नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार नेपाली शेयर बजार  ३३.२७ अंक बढेर काराेवार भएको छ । परिसूचकमा  वृद्धिसँगै बजार परिसूचक नेप्से बढेर २८६६ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १ : ०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो भने कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको भयो । २२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशत…

अर्थमन्त्रीकाे आश्वासन पछि शेयर बजार ८३.३३ अंकले बढ्याे
आर्थिक परिवेश

२३ चैत, काठमाडौं ।    अघिल्लो दिन १०५ अंकले  घटेको नेपाली सेयर बजार सोमबार भने ८३.३३ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो । अघिल्लो दिन उच्च अंकले  बजार घटेपछि साेमवार बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताउनु भएकाे थियाे । पदाधिकारीहरूसंगकाे भेटमा अर्थमन्त्रीले आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिनु भएकाे थियाे । त्यस्तै…

परिसूचक ७४‍‌‌‍‍‍‍.७३ अङ्कले घटेर २७७६.३६ को बिन्दुमा
आर्थिक परिवेश

१८ चैत,काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो ।  आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर १   लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा  १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ । बुधवारकाे  कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई…