बेनी जोमसोम कोरला सडक पुनर्निर्माणका लागि  करिव ४ अर्ब बजेट आवश्यक पर्ने
आर्थिक परिवेश

 ०४ कार्तिक कुश्मा, पर्वत ।  बेनी–जोमसोम–कोरला सडकमा पछिल्लो मनसुनजन्य विपद्बाट  करिब एक अर्ब बराबरका भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि  तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुुरयाएको बताउनुभयो । ८० देखि ९० करोड बराबरकाे क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब…

९ स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति प्रदान
आर्थिक परिवेश

 २९ असाेज, काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो । यससँगै स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ । भूमि बैङ्कमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ । त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको…

१५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने
आर्थिक परिवेश

२४ असाेज काठमाण्डाै ।  नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज २३ गते जारी गरेको पत्रमार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री…

२१ अर्बका २ जलविद्युत आयाेजनाहरुकाे लगानी स्वीकृत
आर्थिक परिवेश

२३ असोज,काठमाडौँ  ।   लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले  १० अर्ब ७५ करोड चार लाख ९७ हजार लागतको नारखोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८ दशमलव नौ मेगावाट) र   १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार लागतको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६ दशमलव ७२ मेगावाट)को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार बैठकले अरुण-३ जलविद्युत् परियोजना (९०० मेगावाट) ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट) सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण…

असोज १९ देखि २५ गतेसम्म नेपालमा विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने
आर्थिक परिवेश

१७ असोज, काठमाण्डौ ।   नेपालमा यही असोज १९ देखि २५ गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ । धितोपत्र बजारका नियामकहरुको अन्तराष्ट्रिय संस्था आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्र्तगत देशका विभिन्न भागमा लगानीकर्ताहरुका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्र्दभमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरुका लागि १० वँुदे सुझाव प्रकाशित गरेको छ । बार्डले सुझाव प्रकाशित गर्दै आफनो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमताको सुक्ष्म विश्लेषण गर्न भनेको छ । बोर्डले अध्ययन गरेरमात्र लगानी गर्न,पहिले आफनो आपतकालीन बचत…