४० बर्षका लागि पुग्ने १ करोड २७ लाख टन फलाम

आर्थिक परिवेश

काठमाण्डौ । नवलपरासीको धौवादीमा रहेको फलामखानी क्षेत्रमा अगामी ४० बर्षका लागि उत्खनन गर्न पुग्ने १ करोड २७ लाख टन फलामको धाउ रहेको पछिल्लो एक अध्ययनले देखाएको छ ।
धौवादी फलाम कम्पनी लिमिटेडले करिव ५ महिना समय लगाएर गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले त्यसतो तथ्य पत्ता लगाएको हो ।
धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले पहिलो भन्दा पछिल्लो अध्ययनले २७ लाख टन बढी फलामको धाउ रहेको पत्ता लगाएको जानकारी दिनु भयो ।
फलाम खानी सञ्चालनमा आए पछि त्यहाँबाट दैनिक १५सय टन फलाम उत्पादन हुने र त्यसको लागि १ सय २५ मेघावाट विद्युत आवश्यक पर्ने देखिएको छ । फलाम उद्योग संचालनमा आएपछि नेपाललले हाल भोग्नु परेको व्यापारघाटा करिव १५ देखि २० प्रतिशतले कमी आउने पनि देखिएको छ । धौवादीे फलाम उद्योग पूर्ण क्षमातामा संचालनमा आएको खण्डमा नेपालको अर्थतन्त्रमा करिव ३ देखि ४ प्रतिशतको योगदान रहने पनि अनुमान गरिएको छ उद्योग सञ्चालन भए पछि करिव ३ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिव १२ सय जनाले रोजागारी प्राप्त गर्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनु भयो । यो अध्धयनको प्रतिवेदन केह िदिनमा सार्वजनिक गरी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने तयारी पनि कम्पनीले गरेको छ ।

 

मा प्रकाशित