काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको छ । मन्त्री शर्मालाई मन्त्रालयमा राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण लिए लगत्तै मन्त्रालय पुगी पदभार ग्रहण गर्नु भएको हो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नु भई आजै राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धी विषयको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष सावित गरेपछि उहाँ पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो ।
मा प्रकाशित