काठमाण्डौ । सरकारले विशेष आर्थिक क्षेत्र संचालन गर्ने निर्णय गरेको लामो समय पछि देशका प्रमुख दुई विशेष आर्थिक क्षेत्रहरु भैरहवा र सिमरा पूर्णरूपमा सञ्चालनको नजिक पुगेका छन् ।
दुवै सेजमा उद्योगहरुका लागि छुट्याइएका सबै प्लटहरु उद्योगीहरुले लिइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।
निर्माणका लागि स्वीकृती पाएका उद्योगीहरुले अनुमती पाएको १ सय २० दिन भित्रमा सबै तयारी पुरा गरी २१ औ दिनबाट उद्योग निर्माण गर्न शुरु गर्नुपर्ने र त्यसको एक बर्ष भित्रमा उत्पादन नै गर्नेगरी अनुमती प्रदान गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिनु भयो ।
भैरहवा सेजमा ५२ विगाह क्षेत्रफलमो ६९ वटा प्लटमा ३१ वटा उद्योग सञ्चालन हुनेछन । जसमा १० अर्ब २१ करोड रूपैयाँ लगानी हुने भएको छ ।
भैरहवा सेजमा ७ वटा उद्योगले उत्पादन नै गरिरहेको र गत आर्थिक बर्षमा मात्र ५० करोड रुपैया बराबरका वस्तुहरु निर्यात गरेका छन । त्यहाँ २० करोड रुपैयाँ वैदेशिक लगानी पनि आएको छ ।
भैरहवा सेजमा सबै उद्योग संचालनमा आए पछि तीन हजारभन्दा बढीलाई रोजगारी प्राप्त हुने प्राधिकरणले अनुमान गरेको छ ।
भैरहवा सेजमा इन्डक्सन चुल्हो, खनीजजन्य,पानी ट्याङ्की, एलइडी लाइट, भाडा–कुँडा, हर्बल प्रोसेसिङ, लगायतका उद्योगहरु सञ्चालन हुनेछन ।
त्यस्तै, एक सय ६३ विघामा स्थापित सिमरा सेजमा ६८ वटा प्लट रहेका छन ्। त्यहाँ बन्ने उद्योगहरुमा करिव ९ अर्ब लगानीका ४१ वटा उद्योग सञ्चालन हुने छन् । सिमरामा उद्योग सञ्चालनमा आए पश्चात ४ हजारभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ ।