लुम्बिनी सरकारका एक वर्षका मुख्य ५२ उपलब्धि सार्वजनिक

आर्थिक परिवेश

बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार गठनको एक वर्षका मुख्य ५२ उपलब्धिलाई आइतबार सार्वजनिक गरेको छ ।

लुम्बिनी  सरकारको एक वर्षको कार्यकालमा गरेका मुख्य ५२ उपलब्धिलाई आइतबार सार्वजनिक गरेको छ ।आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारले गरेका मुख्य ५२ उपलब्धि सार्वजनिक गर्दै कार्यकाल सफल भएको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८।७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आय र राष्ट्रिय कुल ग्राहस्र्थमा १४.१ प्रतिशत योगदान रहेको बताउनुभयो । उहाँले बजेट कार्यान्वयको सन्दर्भमा पुँजिगत ७७.४७ प्रतिशत र चालुमा ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेको जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले सरकारले प्रदेशवासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालनी गरेको बताउनुभयो ।

अर्थसचिव नेत्रप्रसाद सुवेदीले ४० अर्ब ९५ करोडको बजेटमा ३७ अर्व ११ करोड खर्च भएको बताउनुभयो । आन्तरिक स्रोतले भने प्रदेश सरकारको प्रशासनिक खर्च सञ्चालनका लागि नै धान्न कठिन भएकाले त्यसलाई बढाउनुपर्ने उहाँको भनाइ थियो ।

मा प्रकाशित