काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारवाही गर्ने भन्दै यसको कारोबार नगर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले यसअघि पनि ३ पटक सूचना जारी गर्दै यस्तो करेन्सीको कारोबार नगर्न सजग गराइसकेको छ ।
राष्ट्र बैंकले सोमबार फेरी अर्को सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाही गर्ने जनाएको छ ।
क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएमा विदेशी मुद्रा विनिमय ऐन अनुसार कारवाही गर्ने केन्द्रिय बैंकले उल्लेख गरेको छ ।
किप्टोकरेन्सिको कारोबार, हाइपर फण्डमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगि तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धि जोखिम अन्तरनिहित हुने भएकोले तयसतो कार्य नगर्न सर्तक गराएको छ ।