साउनमा मात्रै ३८ अर्ब १६ करोड २८ लाख विदेशी लगानीको प्रतिवद्धता

आर्थिक परिवेश

काठमाडौँ ।चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी निकै उत्साहजनक रुपमा आएको देखिएको छ । साउन महिनामा नेपालमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानीका २४ वटा उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगहरूमध्ये ९ वटा प्रत्यक्ष विदेशी लगानीका उद्योगहरू अनलाइनको माध्यमबाट दर्ता भएका छन् भने १५ वटा स्वदेशी लगानीका उद्योगहरू रहेका छन् ।

ती उद्योगहरूले ३८ अर्ब १६ करोड २८ लाख ५० हजार लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत आर्थिक वर्षमा मझौला १९ वटा र साना ३९ वटा गरी ५८ उद्योगमा १८ अर्ब ५२ करोड २० लाख रुपैयाँको प्रत्यक्ष विदेशी लगानीले स्वीकृति पाएको थियो । ती उद्योगहरूमा ३ हजार ४ सय १२ जनाले प्रत्यक्ष रोजगारी पाउने प्रस्ताव गरिएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनासम्ममा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका ५५ वटा उद्योगहरूले अनलाइनको माध्यबाट दर्ता भएका छन् ।

उद्योग विभागले परीक्षणको रुपमा गत असार १५ गतेदेखि उद्योगहरू अनलाइनबाट दर्ता गर्ने व्यवस्था गरेको थियो । त्यसमध्ये परीक्षणको रुपमा विदेशी लगानीका उद्योगहरूको दर्ता अनलाइनबाट नै गर्ने व्यवस्था गरिएको थियो ।

विभागका निर्देशक घनश्याम न्यौपानेले आगामी ६ महिना भित्रमा विभागबाट हुने सबै प्रकारका सेवाहरू अनलाइनको माध्यमबाट नै प्रवाह गर्ने व्यवस्था मिलाउने गरी काम अघि बढाएको बताउनु भयो ।

मा प्रकाशित