नेपालको आयात, निर्यात र व्यापारघाटा घट्यो

आर्थिक परिवेश

 

काठमाण्डौ । चालु वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घटेको छ । यस अवधीमा १ खर्ब ३१ अर्बको सामान आयात भएको छ । विदेशी मुद्राको संचितिमा दबाब परेपछि सरकारले केही वस्तुमा आयात प्रतिवन्ध लगाउँदा आयात घटेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार यो महिना गत बर्षको यसै अवधकिो तुलनामा १२ प्रतिशतले आयातमा कमी भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।
यो महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ । यस अवधीमा निर्यात गत वर्षको तुलनामा२८.६८प्रतिशतले घटेको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरी यस अवधीमा नेपालको व्यापार घाटामा १४ प्रतिशतले सुधार भएको छ । गतवर्ष १ खर्ब २९ अर्ब व्यापार घाटा रहेकोमा यो पटक १ खर्ब १६ अर्बमा झरेको छ । आयातबाट मात्रै सरकारले ३१ अर्ब ९६ करोड राजस्व संकलन गरेको छ । यो महिनामा पनि आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ अग्रपंक्तिमा छ ।

मा प्रकाशित