काठमाण्डौ । नेपालले काठमाण्डौस्थित अष्ट्रेलियन दुतावासबाट नेपालीहरुलाई भिषा दिने व्यवस्था गर्न अष्ट्रेलिया सरकारलाई आग्रह गरेको छ ।
अष्ट्रेलियाको राजधानी क्यावेरामा आज सम्पन्न नेपाल र अष्ट्रेलियाको दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौडेलले त्यसतो आग्रह गर्नु भएको हो ।
अष्टेलियाले खर्च कटौती गर्ने भनि काठमाण्डौस्थित दुतावासबाट दिदै आएको भिषा दिने प्रकृया रोके पछि सरकारीस्तरबाट पहिलो पटक काठमाण्डौस्थित अष्ट्रेलियन दुतावासबाट भिषा दिने व्यवस्था सुचारु गर्न आग्रह गरिएको हो ।
बैठकमा पराष्ट्र सचिव पौडेलले अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै, कोभिड पछिको आर्थिक पुर्नउत्थान, एलडिसि गे्रजुएसन र दिगो विकासका सन्र्दभमा सहयोग गर्ने मुलुकको सूचिमा नेपाललाई राख्न पनि आग्रह गर्नु भयो ।
नेपाल र अष्ट्रेलिया बीचको आपसी संयन्त्रको आजको बैठकमा दुवै पक्ष एक अर्का मुलुकमा उच्चस्तरीय भ्रमण गराउन, जनता जनता बीचको सम्पर्क अभिवृद्धि गर्न आपसी व्यापारको सहजिकरण गर्न तथा लगानी र प्रविधिको हस्तान्तरण गर्न सहमत भएका छन् ।
त्यसै गरी दुवै पक्ष बैठकको क्रममा बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति पुर्नस्थापनामा प्राप्त गरेका अनुभवहरु आदान प्रदान गर्ने लगायतका विषयहरुमा पनि छलफल भएको क्यानवेरास्थित नेपाली दुतावासले जनाएको छ ।
बैठकमा दुई देश बीचको आपसी सम्बन्धलाई समयानुकुल थप अघि बढाउने, शिक्षा,उर्जा,लगानी,व्यापार,पर्यटन,प्रविधिहस्तान्तरण,आप्रवासन,दैविप्रकोपको जोखिम न्युनीकरण लगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले र अष्टे«लिया सरकारको तर्फबाट त्यहाँको परराष्ट्र मामिला तथा व्यापार विभागका निमित्त सचिव जस्टिन हेहस्र्सटले गर्नु भएको थियो ।
बैठकमा सचिव पौडेलसहित जल तथा उर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे, अष्टेलियाका लागि नेपाली राजदुत कैलाशनाथ पोखरेल, परराष्ट्र मनत्रालयका सहसचिव लोकबहादुर थापा, उपसचिव सिता बस्नेत, नेपाली दुतावास अष्टेलियाका नियोेग उपप्रमुख कुलबहादुर थापा सहभागि रहनु भएको थियो ।
नेपाल र अष्ट्रेलिया बीच सन् २०१७ मा आपसी परामर्श संयन्त्रको स्थापना भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २०१८ मा काठमाण्डौमा भएको थियो ।