काठमाण्डौ । विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल सोमवारदेखि नेपालमा शुभारम्भ भएको छ ।
विश्व व्यापार संगठन (डब्लुटिओ) को डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा कार्यान्वयनका लागि छनौटमा परेको काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) ले सो कार्यक्रमको कार्यान्वयन शुरु गरेको हो ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले पानसमा दीप प्रज्वलन गरी ललितपुरमा कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
विश्व व्यापार संगठनले तेस्रो चरणको डब्लुटिओ चेयर्स प्रोग्राम कार्यान्वयनका लागि विश्वका १२० विश्व विद्यालयहरुबाट आवेदन माग गरेकोमा प्राप्त भएको आवेदनबाट १७ वटा विश्व विद्यालयहरु छनौट भएका थिए । त्यस मध्येमा नेपालको तर्फबाट काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) छनौट भएको हो ।
कार्यक्रम अन्र्तगत शैक्षिक प्रतिष्ठानहरुमा विश्व व्यापार सम्बन्धीत विषयमा अनुसन्धान र शिक्षणमा सुधार तथा नीति निर्माताहरुको पहूच तथा दक्षता वद्धिका लागि निर्धारण गरिएका विभिन्न ३ खम्बे कार्यक्रमहरुको कार्यन्वयनमा सघाउने गरी नेपालमा आगामी चार बर्षसम्म काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकायले डब्लुटिओ चेयर्स कार्यक्रम कार्यान्वयन गर्नेछ ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले कार्यक्रमले नेपाललाई विश्व व्यापार संगठनबाट प्राप्त अवसरको अधिकतम प्रयोग गरी नेपालको अन्तराष्ट्रिय व्यापार क्षमता विकास गर्न सहयोग गर्ने बताउनु भयो ।
उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्रा.डा भोला थापाले विश्वविद्यालयले विश्वमा नयाँ प्रचलनमा आएका विषयहरुलाई आन्तरिक मागका आधारमा उच्च शिक्षाको अवसर प्रदान गरेको र डब्लुटिओ चेयर्स प्रोग्रामको माध्यमबाट विश्व विद्यालयले विश्व व्यापारको क्षेत्रमा अध्ययन अनुसन्धान गरेका विज्ञ जनशक्ति उत्पादन गर्न महत्वपूणर््ा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललले विश्व व्यापार संगठनको माध्यमबाट प्राप्त अवसरको उपयोग गर्न नसक्दा नेपालको निर्यात नगन्य र अयात उच्च हुँदा व्यापार घाटाको अवस्थामा पुगेको बताउनु भयो ।
उहाँले व्यापारको लागत उच्च, कमजोर पूर्वाधार,कमजोर श्रम सम्बन्ध तथा अतिकम विकसित मुलुकको रुपमा पारवहन अधिकार पाउन नसकको बताउनु भयो ।
विश्व व्यपार संगठनमा उपमहाप्रवन्धक डा सेन्चेन जोड.ले विश्व व्यापारमा अतिकम विकसित मुलुकहरुको क्षमता विकासका लागि डब्लुटिओ चेयर्स प्रोग्रामको माध्यमबाट सहयोग हुने बताउनु भयो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले पठाउनु भएको सन्देश बाचन गर्नुका साथै कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्ने मुलुक अष्ट्रेलिया, अष्ट्रिया, कोरियाका प्रतिनिधिहरुले प्रत्यक्ष तथा भरचुवलरुपमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
मा प्रकाशित