बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मुलका ऋषि सुनक नियुक्त

आर्थिक परिवेश

काठमाडौँ ।  बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त हुनु भएको छ ।
मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गर्नु भएको थियो ।
पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक पहिलो पटक बेलायतमा अश्वेत र एशियाली मुलको व्यक्तिको रुपमा प्रधानमन्त्री हुनु भएको हो ।
प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिताका साथ काम गनेृ प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि सोही प्रतिस्पर्धामा रहनु भएका सुनकलाई बेलायतको प्रधानमन्त्री सम्हाले अवसर मिलेको हो । अक्सफोर्ड विश्व विद्यालयका विद्यार्थी रहनु भएका सुनक अर्थशास्त्री हनुहुन्छ । यस अघि उहाँले बेलायतको अर्थमन्त्री रहेर राम्रो काम गरेकोले बेलायती जनताले पनि उहाँलाई मन पराएका थिए ।

मा प्रकाशित