काठमाण्डौ । विगत छ वर्षमा नेपालका होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।
त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा कुल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए ।
नेपालमा हाल पाँचतारे होटलको सङ्ख्या १७ पुगेको छ । डेढ दर्जनको हाराहारीमा पाँचतारे होटल निर्माणाधीन रहेका छन् । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको सङ्ख्या कम्तीमा करिव ३५ वटा पुग्ने छ । वर्षाैंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरुको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै रहेको होटद व्यवसायीहरुले बताएका छन् ।
नेपालका पाँचतारे होटल
दी सोल्टी काठमाडौं, ताहाचल
होटल डेला अन्नपूर्ण, दरबारमार्ग
द एभरेष्ट इन्टरनेसनल प्राली, नयाँ बानेश्वर
पोखरा ग्राण्ड, पोखरा
होटल द फुलबारी, पोखरा
र्याडिसन होटल, लाजिम्पाट
हायात होटल (तारागाउँ रिजेन्सी होटल्स), बौद्ध
याक एन्ड यति होटल, दरबारमार्ग
द मल्ल होटल, लैनचौर
होटल सांग्रिला, लाजिम्पाट
टाइगर वान प्राली, रुपन्देही
सोल्टी वेस्टेण्ड प्रिमियम, नेपालगन्ज
होटल मेरियट, नक्साल
होटल अलफ्ट, ठमेल
होटल द किङसबरी, झापा
हायात प्लेस, ताहाचल