काठमाडौं । एलन मस्कले बिहीबार ट्वीटर आफ्नो स्वामित्वमा ल्याए सँगै सीइओ र सीएफओलाई बर्खास्त गर्नु भएको छ ।
मस्कले गत अप्रिलमा ४४ बिलियन डलरमा ट्वीटर किन्ने निर्णय गर्नु भएको थियो । तर त्यसको केही समयपछि मस्क आफ्नो निर्णयबाट पछि हटेपछि ट्वीटर र मस्क बीच कानुनी लडाइ सुरु भएको थियो ।
मस्कले अदालतले दिएको म्यादभन्दा एक दिन अघि ट्वीटर खरिद सम्झौता पूरा गरेर यो लडाइलाई विश्राम दिनु भएको छ ।
आफूलाई उक्त प्लेटफर्ममा स्पाम खाताहरूको संख्यामा भ्रमित गरेको आरोप लगाएर मस्कले ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गर्नु भएको छ । यस निर्णयले विश्वको सबैभन्दा प्रभावशाली सामाजिक–मिडिया प्लेटफर्महरू मध्ये एक ट्वीटरको बोर्डमा सम्भावित रूपमा व्यापक परिवर्तन आउने संकेत पनि गरेको छ ।
टेस्ला र रकेट कम्पनी स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन, वा स्पेसएक्सका मालिक मस्कले आफ्नो विस्तारित व्यापार पहुँचमा थप्दै ट्वीटरको सबैभन्दा ठूलो व्यक्तिगत सेयरधारक बन्नु भएको छ । यो सम्झौताबाट फेरि एक निजी कम्पनी हुनेछ ।
यो हप्ताको सुरुवातदेखि नै मस्क ट्वीटर किन्ने प्रकियाको नजिक पुगेको संकेतहरू विभिन्न माध्यमहरु मार्फत आइरहेका थिए । द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरे अनुसार बैंकहरूले सम्झौतालाई समर्थन गर्दै पैसा पठाउन थालेका थिए ।
मस्कले पनि आफ्नो ट्वीटर बायोलाई ‘चीफ ट्वीट’ मा परिवर्तन गर्नु भएको छ । साथै उहाँले सामाजिक मिडिया प्लेटफर्मको सान फ्रान्सिस्को मुख्यालयमा भ्रमण समेत गर्नु भएको छ । भ्रमण पछि एलेन मस्कले आफनो ट्वीटर मार्फत विज्ञापनदाताहरूलाई साइटका लागि आफ्नो दृष्टिकोण व्याख्या गर्न आग्रह समेत गर्नु भएको छ ।
यो सम्झौताले विश्वको सबैभन्दा प्रख्यात सामाजिक मिडिया प्लेटफर्महरू मध्ये एक ट्वीटरलाई विश्वको सबैभन्दा धनी व्यक्तिको नियन्त्रणमा पुरयाएको छ ।
एक स्वःघोषित स्वतन्त्र–वाक् एपसोलुटिस्ट, मस्कले स्वतन्त्र अभिव्यक्तिलाई जोड दिने पक्षमा सामग्रीहरुलाई संयमितता र सीमित प्रदान गर्ने बाचा समेत गर्नु भएको छ । यद्यपि, त्यो दृष्टिकोणले केही विज्ञापनदाताहरू, राजनीतिज्ञहरू र प्रयोगकर्ताहरूसँग द्वन्द्व निम्तिन सक्ने जोखिमको आंकलन समेत गरिएको छ ।
बिहीबार ट्वीटरमा विज्ञापनदाताहरूलाई पठाएको सन्देशमा, मस्कले ‘विभिन्न दृष्टिकोणहरूलाई स्वस्थ रूपमा बहस गर्न सकिने सामान्य डिजिटल टाउन स्क्वायर बनाउनलाई’ कम्पनी किनेको गरेको उल्लेख गर्नु भएको छ । साथै उहाँले ट्वीटर ‘कुनै पनि परिणामबिना केही भन्न सकिने एक फ्री फर अल हेलस्केप’ नहुने समेत प्रष्ट पार्नु भएको छ ।
मा प्रकाशित