काठमाण्डौ । कम्प्युटर एशोसियसन नेपाल महासंघका अध्यक्ष नवराज कुंवर एशियन–ओसियन कम्प्युटिङ ईण्डष्ट्रिज अर्गनाईजेशन असोसियोको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित हुनुभएको छ ।
एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।