सरकारले तोक्यो धानको सर्मथन मुल्य

आर्थिक परिवेश

 

काठमाण्डौ । सरकारले यस बर्षका लागि धानको नयाँ सर्मथन मुल्य तोकेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार आर्थिक वर्ष २०७९।८० का लागि मोटा धान प्रति क्विण्टल २ हजार ९ सय ६७ रुपैया र र मध्यम धान प्रति क्विण्टल ३ हजार १ सय २८ रुपैया न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
गत आर्थिक बर्षमा सरकारले मोटा धान प्रति क्विण्टल २ हजार ७ सय ५२ रुपैया र मध्यम धान प्रति क्विण्टल २ हजार ९ सय २ रुपैया तोकेको थियो । गत बर्षको तुलनाममा यस आर्थिक बर्षका लागि तोकिको मोटा धानको मुल्य प्रति क्विण्टल २ सय १५ रुपैयाले बढेको छ भने मध्यम धानको मुल्य प्रति क्विण्टल २२६ रुपैयाले बढेको छ ।
न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिले किानहरुसंग धान किन्ने व्यवस्था रहेको छ ।
यसैगरि न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान किन्नका लागि ३३ करोड बजेट व्यवस्था रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान किन्नका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान किन्ने कृषि सहकारीहरुलाई ११२ रुपैया प्रति क्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था रहेको छ ।
गत वर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मे.टन धान सरकारले किनेको थियो । यस आर्थिक वर्षमा ३ लाख मे.टन धान किन्नका लागि सरकारले ३३ करोड रकम विनियोजन गरेको कृषि मनत्रालयले जनाएको छ ।

 

मा प्रकाशित