सरकारले कार्यविधि पास नगर्दा स्थानीय तहमा जाने १० अर्ब रकम अलपत्र

आर्थिक परिवेश

काठमाण्डौ । सरकारले उच्च प्राथमिता दिएर चालु आर्थिक बर्षको बजेट मार्फत ल्याएको आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यकम बजेटको अभावमा चार महिना बित्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले मुलुकको कृषि उत्पादन वृद्धिका लागि चालु आर्थिक बर्षको बजेटको शिर्षक नम्वर ३१ मा आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम अघि सारेको छ ।

संघ, प्रदेश तथा स्थानीय तहको लागत साझेदारीमा संचालन गर्ने गरी आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यकमका लागि अर्थमन्त्री जर्नादन शर्माले १० अर्ब बजेट विनियोजन गर्नु भएको थियो ।

बजेटले कृषिको रुपान्तरण अभियानमा उत्कृष्ठता हासिल गर्ने प्रतेक प्रदेशका ३ वटा स्थानीय तहलाई ५ करोडका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले बजेटको कार्यक्रमको कार्यान्व्यनका लागि कार्यविधि बनाएर रकम निकासाको माग गरेको लामो समय पछि मात्र अर्थ मन्त्रालयले १० अर्ब रकम कृषि मन्त्रालयको नाममा निकासा दिएको छ ।

रकम निकासा दिएको भए पनि कार्यविधिको अभावमा मन्त्रालयले उक्त रकम स्थानीय तहहरुलाई पठाउन सकेको छैन ।

रकम निकासा भएको भए पनि मन्त्रालयले उक्त रकम स्थानीय तहहरुलाई कार्तिक २५ गते शुक्रवारसम्म पठाउन नसकेको जनाएको छ ।

कृषि मन्त्रालले आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यकम कार्यन्वयनका लागि निर्माण गरेको कार्यविधिमा कुन कुन तहलाई के कस्तो मापदण्डमा के कति रकम निकासा गर्ने भन्ने सम्बन्धी व्यवस्था गरेको छ ।

कार्यविधि मन्त्रिपरिषदमा पठाएको लामो समय भएको भए पनि कृषिमन्त्री नहुँदा छलफलर पारितको प्रकृयामा जान सकेको छैन ।

हाल कृषि मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको र उहाँको कार्य व्यस्तताले मन्त्रालयगत विषय हेर्न नभ्याउदा कार्यविधि पारित हन नसकेको छैन ।

सरकारले चालु बजेटको महत्वपूर्ण कार्यक्रमको रुपमा आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम अघि सारेको हो ।

आत्मनिर्भर कृषि कार्यक्रमको कार्यान्वयनका लाग अर्थ मन्त्रालयले १० अर्ब बजेट निकासा दिएको भए पनि कार्य विधि स्वीकृत नहुँदा रकम तल पठाउन नसकिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनु भयो ।

कार्यक्रम अन्र्तगत संघ, प्रदेश तथा स्थानीय तहसंगको समन्वयमा बाँझो एवं उपयोग विहीन खेतीयोग्य जमिन कृषक,कृषक सहकार्य समूह, तथा कृषक सहकारीहरुलाई लिजमा उपलब्ध गराउने व्यवस्या मिलाइने उल्लेख गरिएको छ ।

बजेटले चालु आर्थिक बर्षलाई आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान बषृको रुपमा मनाउने गरी आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम अघि सारेको हो ।

मा प्रकाशित