प्राविधिक परिक्षणका लागि क्यालिब्रेसन उडान सोमबारदेखि हुने

आर्थिक परिवेश

काठमाण्डौ । पोखरामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परिक्षणका लागि क्यालिब्रेसन उडान सोमबारदेखि हुने भएको छ ।

विमानस्थल संचालनको लागि अवरोधको रुपमा रहेको रिठेपानी डाँडा १४ मिटर कटान भएसँगै क्यालिब्रेसन उडानको योजना अघि बढेको नेपाल नागकि उड्डयन भएको हो ।

सन क्यालिब्रेसन उडानका लागि एरो थाई कम्पनीको जहाज शनिबार बिहान पोखरामा पुगिसकेको छ ।

मङ्सिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रे उडानको तयारी पूरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मनुकर्मीले जानकारी दिनुभयो ।

हरेक दिन बिहान १० बजेदेखि १ बजेसम्म र साँढे दुई बजेदेखि साढे पाँच बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यदलका सदस्य सचिव अनुप जोशीले जानकारी दिनुभयो ।

क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरिरहेको उहाँले बताउनुभयो । क्यालिब्रेसन फ्लाइटको समयमा पोखरा विमानस्थलको नियमित उडान भने प्रभावित हुने भएको छ ।

मा प्रकाशित