काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमवारदेखि क्यालिब्रेसन उडान सुरु भएको छ ।
आज दिउसो १ वजेदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावरसगँ समन्वय गरी उडान गरिएको विमानस्थल आयोजना निमार्ण प्रमुख विनेश मुनकर्मीले बताउनु भयो ।
एरो थाईको प्राविधिक टोलीले ५ मंसिरदेखि १२ गतेसम्म विमानस्थलमा जडित कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणको परीक्षण गर्नेछ ।
विमानस्थलमा बिहान १० देखि १ बजेसम्म र दिउँसो साढे २ देखि ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनु भयो ।
यान्त्रिक परीक्षणका लागि क्याप्टेनसहित आठजनाको एरो थाईको विज्ञ टोली पोखरामा रहेको छ ।
विमानस्थल सञ्चालनका लागि अवरोध ठानिएको रिट्ठेपानी डाँडा १६ मिटर कटान भइसकेको क्यानका महानिर्देशन प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
‘क्यालिब्रेसन फ्लाइट गर्न अवरोध हुनेजति डाँडो कटान भइसक्यो,’ उहाँले भन्नु, भयो ‘हामी निर्धारित समयमै नियमित उडान गर्ने गरी अगाडि बढिरहेका छौँ ।’
१ जनवरी २०२३ देखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तालिका तय भइसकेको छ ।
मा प्रकाशित