१६ उत्कृष्ठ करदाताहरुलाई सरकारको सम्मान, सबै भन्दा बढी राजस्व तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल पुरस्कृत

आर्थिक परिवेश

काठमाण्डौ । सरकारले आर्थिक बर्ष २०७७ र ७८ मा सबै भन्दा बढी कर तिर्ने १६ करदाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

राष्ट्रिय कर दिवस २०७९ को समापनको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालयलका अर्थसचिव कृष्णहरी पुष्करले करदाताहरुलाई पुरष्कृत गर्नु भयो ।

आन्तरिक राजस्व विभागमा आयोेजित कार्यक्रमका बीच आर्थिक वर्ष २०७७ र ७८ मा सबै भन्दा बढी आन्तरिक राजस्व तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल पुरस्कृत भएको छ ।
त्यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाह रहनु भएको छ ।

उहाँको कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, बडवाइजर वियर लगायतका मदिरा उत्पादन गर्ने गर्दछ । शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित हुनु भएको थियो ।

आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ । सबैभन्दा धेरै मुल्य अभिवृद्धि कर भ्याट तिर्ने संस्थामा गोर्खा बु्रअरीले सम्मान पाएको छ ।

आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको हो ।

बैक तथा वित्तीय संस्थाहरुको तर्फबाट सबै भन्दा बढी कर तिर्ने संस्थाको रुपमा नबिल बैक लिमिटेड पुरस्कृत भएको छ ।

निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने संस्था बनेका छन ।

त्यसै गरी बीमामा नेपाल पुर्नर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालि धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानीत भएका छन्।


वस्तु व्यापारतर्फ हंसराज हुलासचन्द प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युतकम्पनी लिमिटेड, मध्यमस्तरीय करदाताका रुपमा नेपाल स्टक एक्सचेन्जले पनि सम्मानीत भएको छ ।
त्यसै गरी आईएमई रेमिट्यान्स सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनीको रुपमा पुरस्कृत भएको छ ।

kardata suchi

 

मा प्रकाशित