काठमाडौँ। दूतावासका कर्मचारीको लापरबाहीले गर्दा अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासको पैसा लुटिएको छ ।
दूतावासले उहाँकाे शुक्रबार विज्ञप्ति जारी गर्दै लुटिएकाे जानकारी दिएको छ। विज्ञप्तिमा जनाइए अनुसार दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको ड्यालस, अस्टिन र ह्युस्टन सहरहरूमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरूले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरू लुटिएको हो ।
आफ्ना कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन तोडफोड गरी लुटिएको बताएको छ। जस अनुसार स्थानीय समय दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले हो ।
विज्ञप्तिमा कति रकम लुटिएको भन्ने उल्लेख भने गरिएको छैन। घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कूटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरूमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको दूतावासले जनाएको छ ।
विज्ञप्तिमा लेखिएको छ – ‘यसबाट सेवाग्राहीहरूमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमा प्रार्थी छ । दूतावासले सेवाग्राहीहरूको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरूले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ।’
मा प्रकाशित