विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा राेजगार बनाउने गरी काम गर्छु : मन्त्री भण्डारी

आर्थिक परिवेश

३ माघ,काठमाडौँ । नव नियुक्त  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्ने सम्बन्धी पहिलो निर्णय गर्दै मन्त्रालयमा पदबाहाली गर्नु भएकाे छ ।

यस अघि विना विभागीय जिम्मेवारीमा रहनु भएका मन्त्री भण्डारीले   अाज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे हाे । उहाँले पुस १० मा विना विभागीय मन्त्रीको शपथ लिनु भएकाे  थियाे।

मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गर्नु भयाे  । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको समेत सहभागिता रहेकाे थियो ।

पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताउनु भयाे  । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयाे  ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उहाँको भनाइ थियाे ।

यसका लागि रुग्ण उद्योगको पुर्नस्रथापना  साना तथा मझौला उद्योगको प्रवद्र्वनमा  ध्यान दिने समेत बताउनु भयाे  । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा  नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत मन्त्री भण्डारीले व्यक्त गर्नु भयाे ।

आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिलाइ अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।

पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी, २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मिनु भएकाे हाे  । स्नातकसम्म अध्ययन गर्नु भएका मन्त्री भण्डारीलेको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध हुनुभएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बन्नु भएकाे थियाे ।

मा प्रकाशित