सरकारले ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने

आर्थिक परिवेश

माघ ३,काठमाण्डौ । मुलुकमा कृषि उत्पादन बढाउन सरकारले ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ ।

दशक घोषणा सम्बन्धी प्रस्तावलाई कृर्षि मनत्रालयले अघि बढाएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले मंगलवार मन्त्रालयमा कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले दशबर्षै कार्यक्रम अभियानको रुपमा अघि बढाउन कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
कृषि लगानी दशक आर्थिक वर्ष २०८०÷०८१ देखि २०८९÷९० सम्म सञ्चालन हुनेछ ।

त्यस्तै मन्त्री साहले कृषि तथा पशु बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय पनि गर्नुभएको छ ।

कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास गरिएको छ ।

पदवहाली पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री साहले आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मा प्रकाशित