नव नियुक्त अध्यक्ष ढकालले महासंघमा पदभार ग्रहण पाँच मुख्य काम गर्ने प्रतिबद्धता

आर्थिक परिवेश

३ बैशाख, काठमाडौं ।  नेपालको नीजि क्षेत्रको छातासंस्था मध्ये एक नेपालअध्यक्षा उद्योग वाणिज्य महासङ्घले अध्यक्षसहित नयाँ नेतृत्व पाएको छ ।

विधानअनुसार स्वतह अध्यक्ष बन्नु भएका चन्द्रप्रसाद ढकालले आइवार महासंघमा अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आफनो कार्यकालमा पाँच मुख्य काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासंघका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहण गर्दै उहाँले गाँउबाट आएको सानो व्यवसायी पनि महासङ्घको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयम् भएको बताउनुभयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गर्नुभएका पाँच प्रतिबद्धतामा आफ्नो साथ रहेको बताउनुभयो ।

मा प्रकाशित