नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

आर्थिक परिवेश
१० वैशाख, काठमाडौँ।  नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ।
आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिनुभएको हो।
‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकाले नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बताउनु भयाे  ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिनुभएको छ।
विभिन्न संचार माध्यमहरूले नेपालमा उत्पादित माेटर साइकल दर्ता नभएकाेले व्यवसाय गर्ने वातावरण नभएन भन्दै विदेशिन वाध्यता अाएकाे भन्ने भनाइ सार्वजिनक भएकै बेला प्नधानमन्त्रीले त्यस्ताे निर्देशन दिनु भएकाे  हाे ।
त्ससताे व्यवस्था भए पछि नेपालमा  बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा तयार हुने र छिट्टै  नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन प्रोत्साहन हुनेछ ।
मा प्रकाशित