१० वैशाख, काठमाडाै । उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उधोग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा अाइतवार मन्त्रालयमा छलफल भएकोको छ ।
छलफलमा उद्योग परिसंघ, बिभिन्न उधोगीहरु, सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरुमा उधोग क्षेत्रबाट पर्न सक्ने असर न्युनुकरणका बिषयहरुलाई समावेश गर्नु पर्ने मन्त्रालयका सचिव डा तोय नारायण ज्ञवालीले बताउनु भएको थियो ।
त्यसैगरी स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिबेदनमा उल्लेखित पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने बिषयमा पनि छलफल भएको थियो ।
त्यस्तै मन्त्रालयले पर्साको सिर्सिया नदीमा प्रदुषण नियन्त्रणका लागि परियोजना संचालन गर्ने बिषयमा पनि छलफल भएको थियो ।
छलफलमा उपस्थित उधोगीहरुले उधोगमा देखिएको विभिन्न समस्याहरुको बारेमा मन्त्री रिजाललाई जानकारी गराएका थिए ।
मन्त्री रिजालले आफु उधोगीहरुकै पक्षमा रहेको भन्दै समस्या समाधानका लागि हर प्रायस गर्ने बताउनु भयो ।