३० जेठ , काठमाण्डौं । “स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन“ मूल नाराका साथ आयोजना गरिएको नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ ।
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरान,फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा जेठ २९ सोमबारदेखि सुरु भएको थियो ।
नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्यायले नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न सम्मेलनले सघाउ पु¥याउँने बताउनु भयो ।
दुई दिनसम्म चलेको सो सम्मेलनमा देश तथा विदेशका गरी २४ वटा कार्यपत्र प्रस्तुत गरी देश तथा विदेशमा रहेका वैज्ञानिक एवं अनुसन्धानकर्ताहरूको शोधपत्र, छलफल, प्राविधिक प्रदर्शनी लगायतबाट प्राप्त वैज्ञानिक निष्कर्षबाट १६ बुँदे काठमाडौं घोषणा पत्र जारी गरिएको छ ।
मा प्रकाशित