सय /सय टन चुकन्दर र गाजर जर्मनी निर्यात हुने

आर्थिक परिवेश

२१ माघ, भरतपुर, चितवन ।    चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर युराेपेली मुलुक जर्मन निर्यात हुने भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले गरेका उत्पादन अगर््यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर निर्यात गर्न लागिएको हो ।

जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक किसान छविलाल न्यौपानेले जानकारी दिनुभयो ।


चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि पेश्की रकम समेत प्राप्त भइसकेको उहाँले बताउनु भयो । अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च माग भएको कारण आगामी वर्षदेखि यस खेतीको विस्तार समेत गरिने न्यौपानेको भनाई छ ।

जर्मन निर्यातको लागि न्यौपानेको डेढ विघा बारीमा ३० टन चुकन्दर र करिब २० टन गाजर उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

किसानले उत्पादन गरेका चुकन्दरको बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट सिफारिस गरेको स्थानीय बीउबाट उत्पादन गरिएको हो ।

मा प्रकाशित