
२४ जेठ, काठमाडौँ । नेपाली बजारमा बिहिवार सुनको मूल्य उच्च रकमले बढेर एक हजार आठ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रूपैया पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयामा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रूपैया र्निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य यस दिन एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रूपैया रहेको थियो ।
मा प्रकाशित