१६ असार, काठमाडौँ । आगामी आर्थिक बर्षकाे बजेटकाे अंगकाे रूपमा रहेकाे आर्थिक विधेयक, २०८१ प्रतिनिधिसभाकाे अाइतवारकाे बैठकबाट पारित भएको छ ।
सभाको आइतवारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
उक्त विधेयक माथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिनुभएको थियो ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताउनुभयो ।
त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।