नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे पद बहाली

आर्थिक परिवेश

३१ असार काठमाडौँ ।    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ ।

उहाँ विस‌ २०७२ यता  चाैथाे पटक मुलुककाे प्रधानमन्त्री बन्नु भएकाे हाे  ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यस लगतै उहाँ ललितपुरकाे  च्यासलमा रहेकाे पाटी कायालय पुगेर  शहीदलाइ माल्यापण गरी   पदबहालीका लागि सिहदरवार पुग्नु भएकाे थियाे ।

च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हाल्नुभएको हो ।

प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्च अधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उहाँको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको थियो ।

मा प्रकाशित