पहिलो दिन उच्च बढेको नेप्से साेमवार दाेहाेराे अङ्कले घट्याे अर्थमन्त्रीलाई रातो झण्डा

आर्थिक परिवेश

३१ असार, काठमाडौ ।  नयाँ  सरकार गठनस‌ँगै साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले घटेको छ ।

सोमवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो ।

यस दिन तीन सय ३२ कम्पनीहरुका दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर हरु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयामा किनबेच भएका छन ।

यस दिन जलविद्युत् समूह, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका उपसूचकहरु बढेका छन् भने अरु सबै समूहका उपसूचक घटेका छन् ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याको आधारमा यस दिन सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका शेयरहरुको किनबेच भएको छ ।

मा प्रकाशित