५ साउन, विरगंज । बीरगंजस्थित एकीकृत तथा आईसिपी भन्सार नाका हुदै आर्थिक बर्ष २०८०/०८१ मा भारत तथा तेश्रो मुलुकतर्फ २६ अर्ब १४ करोड, ९५ लाख मुल्य बराबरक नेपाली उत्पादन निर्यात भएको छ ।
वीरगंज नाका हुदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा जुत्ता, फलामे
पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटि निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
आईसिपी भन्सार नाकाहुदै आर्थिक बर्ष २०८०÷०८१ मा ८ अर्ब ३२ करोड ८३ लाख ८८ हजार मुल्य बराबरको फलफुलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख ७२ हजार मुल्य बराबरको पाम आयल निर्यात भएको छ ।
त्यसैगरी सो अवधिमा ६ अर्ब ७१ करोड ३ लाख १२ हजार मुल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने १ अर्ब २१ करोड १२ लाख ७ हजार मुल्य बराबरको जमोठ कपडा निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो ।
त्यसैगरी आर्थिक बर्ष २०८०/०८१ मा १ अर्ब ७३ करोड ५ लाख १६ हजार मुल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डावर नेपालका उत्पादनहरु ८६ करोड ३३ लाख ४२ हजार मुल्य बराबरको भारत निर्यात भएको छ ।
यसैगरी चालु आर्थिक बर्षमा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ७२ हजार मुल्य बराबरको भारत निर्यात भएको छ ।
बीरगंज भन्सार नाकाबाट ९९ करोड ८१ लाख ७५ हजार मुल्य बराबरको सेन्थेटिक यार्न, ६८ करोड ७ लाख ५३ हजार मुल्य बराबरको आयुर्वेदिक
तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेश्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
त्यसैगरी बीरगंज नाकाबाट आर्थिक बर्ष २०८०/०८१ मा ६३ करोड १२ लाख ७४ हजार मुल्य बराबरको स्पोर्ट सुज, ७७ करोड, ६१ लाख ४७ हजार
बराबरको उनी,सुती र टेरीकटन लगायतका नेपाली कपडा, ३१ करोड ९१ लाख ६ हजार मुल्य बराबरको उनी गलैचा भारत निर्यात भएको बीरगंज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
बीरगंज नाकाबाट ७७ करोड ८० लाख ३ हजार मुल्य बराबरको सि.आर.सिट, ६७ करोड ७३ लाख १ हजारको कुकुर तथा बिरालोको खाना,
४८ करोड १६ लाख ४३ हजार मुल्य बराबरको तयारी कपडा, ७८ करोड १८ लाख ३५ हजार मुल्य बराबरको दन्तमन्जन, ९ करोड ९४ लाख १०
हजार मुल्य बराबरको सुर्यमुखि प्रशोधित तेल, ३१ करोड ९१ लाख ३६ हजार मुल्यको प्लाष्टिकका बिर्को ढकनीहरु १ करोड ५४ लाख ७७ हजार
मुल्य बराबरको चोकर, भुस भारत निर्यात भएको आईसिपी भन्सार कार्यालय बीरगंजका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।
यसअघि गत आर्थिक बर्ष ०७९/०८० मा वीरगंज स्थित आईसीपि भन्सार नाकाबाट ३३ अर्व ६१ करोड ३२ लाख ४६ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।
मा प्रकाशित