०९ साउन काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना परेर १८ जनाकाे मृत्यु एक जनाकाे उपचार जारी रहेको छ ।
उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारीहरु हुन् ।
पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।”
यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११:११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
त्यसैगरि, जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदिपलाल जोशी, सर्भेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महत्त्व, पुण्य रत्न शाही, अरेफ रेडा सवार थिए ।
सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली
मा प्रकाशित