१० साउन, काठमाडाै । सरकारले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना
आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त हुनुभएको छ । उहाँ यस अघि पनि याेजना आयोगकाे सदस्य हुनुहुन्थ्याे ।
आयोगकाे सदस्यहरूमा महोत्तरीका डा.आर . पि विच्छा, धनुषाका डा.रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ मनोनयन हुनुभएको छ ।
यस्तै, झापाका डा.गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा.जयबहादुर टण्डन र दार्चुलाका गङ्गादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
मा प्रकाशित