१६ बुधवार, काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग बुधवार अर्थ मन्त्रालयमा भएको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानुन, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो ।
सरकारले सबै खालका उद्योग–व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्व लगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको उल्लेख गर्नु भयो ।
उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी–व्यवसायीबाट प्राप्त राय सुझावलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त अर्थमन्त्रीले व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था दयनीय रहेकाले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
मा प्रकाशित