२० साउन धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त हुनु भएकाे छ ।
प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
उहाँलाई काँग्रेस र एमालेको समर्थन रहेको छ ।
शाह यसअघि २०७९ माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यतिबेला उहाँले करिब १४ महिना सरकारको नेतृत्व गर्नुभएको थियो ।
केन्द्रमा काँग्रेस र एमालेको नयाँ सत्ता गठबन्धन बनेपछि शाहलाई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।
मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको चार महिनाभित्रै सत्तामा फर्किनुभएका शाहले बजेट ल्याउने काम सरकारको प्राथमिकतामा रहने बताउनुभयो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ ।
त्यहाँ काँग्रेसका १८ र एमाले ११ गरि २९ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मा प्रकाशित