विदेशबाट पठाएको रमिटेन्स रकमको ७२ प्रतिशत घरयासी कार्यमा खर्च हुने

आर्थिक परिवेश

१० भदौ, काठमाडौ ।    विदेशबाट पठाएको पैसा रमिटेन्स रकमको ७२ प्रतिशत घरयासी कार्यमा खर्च हुने गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याड.कले रेमिटेन्सबाट आएको रकमको ७२ प्रतिशत घरयासी कार्यमा खर्च हुने गरेको देखाएको छ ।

नेपालमा आएको रमिटेन्स मध्ये १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको र त्यसको १.९ प्रतिशत रकम बचत गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याड.कमा उल्लेख छ ।

नेपालभरका ५६ प्रतिशत घरपरिवारले विदेशबाट आएको रेमिटेन्स रकम प्राप्त गर्ने गरेका छन । त्यस मध्ये लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले ‘रेमिट्यान्स’ प्राप्त गर्छन् ।

साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्स (विप्रेषण) को ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ भन्ने दखिएको थियो ।

जिल्लाबाट आव २०७९÷८० मा सात लाख ७१ हजार तीन सय २७ जना रोजगारीका लागि विदेश गएका थिए ।

त्यो सङ्ख्या गएको १७ वर्षयताको उच्च हो । गत आवको ज्येष्ठ मसान्तसम्म छ लाख नौ हजार छ सय ९९ जना कामका लागि विदेश गएका थिए ।

वैदेशिक रोजगारीबाट वार्षिक झन्डै साढे सात अरब रुपैया अर्घाखाँची भित्रने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपानलगायतमा खर्च हुने गरेको छ ।

४० प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च

गर्नुपर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

मा प्रकाशित